मलाई थाहा नै नदिई सांसदहरूको सुविधा कटौती गरियो: अर्थमन्त्री
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले संघीय सांसदको सुविधा कटौतीबारे आफूलाई जानकारी नभएको बताए ।
- उनले कानुनमा उल्लेख नभएका सुविधा मात्र कटौती गरेको र स्वकीय सचिवको सुविधाबारे अनभिज्ञता जनाए ।
- मन्त्रीले यो प्रस्ताव आफ्नो नभएको र कानुनमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सङ्घीय सांसदको सुविधा कटौतीको बारेमा आफूलाई थाहा नै नभएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो अनभिज्ञता जनाएका हुन् ।
उनले आफूले कानुनमा उल्लेख नभएका सुविधा मात्रै कटौती गरिएको बताएका थिए । तर, सांसदको स्वकीय सचिव सुविधा कानुन बमोजिम नै भएको बताएपछि यो विषयमा आफूलाई जानकारी नै नभएको बताएका हुन् ।
'यो प्रस्ताव मैले ल्याएको होइन, कानुन मन्त्रालयको हो,' अर्थमन्त्रीले भने, 'मलाई अनुसूची संशोधन गरेको थाहा थियो, तर त्यसमा के संशोधन गरियो भन्ने थाहा थिएन ।'
उनले सुविधा कटौतीको विषयमा कानुनमन्त्रीसँग छलफल गर्ने आश्वासन समेत दिए ।
सरकारले सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण