निर्वाचन
प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड
मङ्गलबार, २५ कात्तिक २०८२, १३ : १४
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया अन्तिम चरणमा छ।
- प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा मतदाता नामावली दर्ता गराउनेको भीड बढेको छ।
- निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरू नामावली दर्ताका लागि कार्यालयमा उपस्थित भइरहेका छन्।
धनुषा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेसँगै देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
_5sX6fnTsuc.jpg)
यसै क्रममा प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
_JGHNKXiSpC.jpg)
कार्यालयको काम बिहान १० बजेदेखि सुरु हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरू बिहान ९ बजेबाटै लाइनमा उभिने गरेका छन्। दर्ताको समयसीमा नजिकिँदै गर्दा दर्ताका लागि आउनेहरूको सङ्ख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ।
मतदाता नामावली अद्यावधिक अभियान अन्तिम चरणमा रहेकाले निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरू दर्ता गर्न कार्यालयमा उल्लेख्य उपस्थिति जनाइरहेका छन्।
_F1VJVWxVbL.jpg)
_L9vD7RXCV9.jpg)
_0sjWhErqMH.jpg)
_c5S1gvtVZ5.jpg)
_olq3iTmZzo.jpg)
_x28VnWuOyr.jpg)
तस्बिर : अमरेन्द्रकुमार यादव / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण