मधेस प्रदेश
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार
मधेस आन्दोलनमा शहीद भएकाहरूलाई मधेस रत्नबाट सम्मानित गर्ने निर्णय
मङ्गलबार, २५ कात्तिक २०८२, १७ : ३१
जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।
मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् ।
मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए ।
उनले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदहरूलाई सम्मान नभएको बताए ।
उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
कात्तिक २३ मुख्यमन्त्री नियुक्त भएका उनले कात्तिक २४ गते शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण