ल्हेन्दे खोलामा बाढी : चीनतर्फ रोकिएका कन्टेनर छिटाे ल्याउन परराष्ट्र मन्त्रालयसँग माग
सारांश
- असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले केरुङ नाकाको मितेरी पुल बगायो, जसले गर्दा नेपाल-चीन व्यापार अवरुद्ध भयो।
- बाढीले ट्रक र कन्टेनरमा क्षति पुर्याएपछि व्यवसायीहरूले परराष्ट्र मन्त्रालयलाई चीनसँग समन्वय गरी कन्टेनर नेपाल ल्याउन आग्रह गरे।
- सडक विभागले क्षतिग्रस्त सवारीसाधनको मर्मत खर्च अनुमान गर्यो, र व्यवसायीहरूले चीनमा रोकिएका कन्टेनरहरू छिटो ल्याउन सरकारको पहलको माग गरे।
काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले जनधनसहित ठुलो सङ्ख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले बुधवार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।
महासङ्घका महासचिव राजेन्द्रविक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका वरपरका क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको छ । जसका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएका छन्।
ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र बाढी पछिको अवरोधका कारण झन्डै चार महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन नसक्दा व्यवसायीहरू ठुलो आर्थिक सङ्कटमा परेको महासङ्घले जनाएको छ।
महासङ्घले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग आवश्यक समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू नेपाल ल्याउने प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ। महासङ्घका महासचिव बानियाँले भने, ‘यस विषयमा बुधवार परराष्ट्र मन्त्रालयका सचिवसँग भेटघाट पनि भएको छ।’
भेटमा महासङ्घका महासचिव बानियाँले व्यवसायीहरूको समस्या विस्तृत रूपमा राखेका थिए, जसमा मन्त्रालयका सचिवले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यो विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।
यसैबिच नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी बाढीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी विस्तृत मूल्याङ्कन विवरण तयार पारेको छ।
कार्यालयका अनुसार बाढीले क्षति पुर्याएका सात वटा मालवाहक कन्टेनर ट्रकहरूको अनुमानित मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी हुने देखिएको छ।
यान्त्रिक कार्यालयका अनुसार, सवारी साधनहरू ढोका लक अवस्थामा भएकाले पूर्ण निरीक्षण गर्न कठिनाइ भएको र प्रतिवेदन बाहिरी निरीक्षणका आधारमा तयार पारिएको हो। त्यसैले वास्तविक मर्मत खर्च फरक पर्न सक्ने उल्लेख गरिएको छ।
महासचिव बानियाँले बाढी पछिको ठप्प अवस्थाका कारण व्यवसायीहरू गम्भीर आर्थिक सङ्कटमा परेको जनाउँदै चीनतर्फ रहेका कन्टेनरहरू छिटो नेपाल ल्याउन र क्षतिग्रस्त सवारी साधनको मर्मत प्रक्रिया सहज बनाउन सरकारको सक्रिय पहल अपरिहार्य भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण