शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनरमा ओमोडा एन्ड जेइको

बुधबार, २६ कात्तिक २०८२, १४ : २८
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नेपालकै प्रतिष्ठित क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल ) को सिजन–२ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गर्ने भएको छ । एनपीएलको पहिलो सिजनमा पनि ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा सहकार्य गरेको उक्त कम्पनीले यो सिजनमा समेत सहकार्यलाई निरन्तरता दिएको हो । 

यसका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र ओमेडा एण्ड जेइकोका लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा.लि.बीच समझदारी भएको छ । क्यानका सचिव पारस खड्का र एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाबीच उक्त समझदारीपत्र आदानप्रदान भएको छ ।

समझदारी अनुसार उक्त कम्पनीले एनपिएल सिजन–२ को ‘म्यान अफ द टुर्नामेन्ट’ लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । ओमेडा र एनपीएल दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढवा दिने भएकोले साझा दृष्टिकोण अन्तर्गत सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

यो प्रयासले नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउने र देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने विश्वास लिएको निर्देशक शारडाले बताए ।

‘ओमोदा एन्ड जेयकू ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ,’ उनले भने, ‘यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढवा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ  ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप