रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।
- बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेले बिगो रकम दाखिला गर्दा पनि रिहा गर्न अस्वीकार गरियो।
- लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए र सहकारी ठगीको मुद्दा पनि हेरिएको छ।
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।
गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा रविको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएपछि थप बहस भएको थिए ।
उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुवरले यो मुद्दामा आज पेसी तोकिएको रातोपाटीलाई बताए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको मुद्दा पनि लगाउमा राखेर हेरिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण