५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा
सारांश
- भूपाल बराललाई ५ महिनामै बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
- बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
- बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।
हेटौँडा । बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको ५ महिनामै सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।
जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन् ।
सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।
बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण