जिल्ला प्रशासन कार्यालय कार्यालय धनुषाद्वारा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार
सारांश
- धनुषा जिल्ला प्रशासन कार्यालयले मंसिर महिनाभर राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गरेको छ।
- कार्यालयले मंसिर १ गतेदेखि बेलुका ५ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ।
- सेवाग्राहीको भीड बढेपछि प्रशासनले सेवा समय थप गरेको हो।
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गरेको छ । कार्यालयले मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने जनाएको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुने जनाएको छ भने मंसिर महिनाभर अतिरिक्त एक घण्टा थप गरी बेलुका ५ बजेसम्म कार्यालय खुला रहने जनाएको छ ।
जारी सूचनामा राष्ट्रिय परिचयपत्र दर्ता र बायोमेट्रिक विवरण अद्यावधिक कार्यको सहज र तीव्र सेवा प्रवाहका लागि स्टेसन थप गरी सेवा विस्तार गरिएको छ ।
उनीहरूले स्थानीय तहहरूलाई आफ्ना वडा र नागरिकबिच यो जानकारी तत्कालै पुर्याउन निर्देशन दिएका छन् । हाल राष्ट्रिय परिचयपत्र दर्ता गर्न आउने सेवाग्राहीको भीड बढ्दै गएपछि प्रशासन कार्यालयले सेवा समय विस्तार गर्ने निर्णय गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण