प्रचण्डलाई भावुक पत्र लेख्दै उपत्यका विशेष प्रदेश उपाध्यक्ष पाण्डेद्वारा राजीनामा
सारांश
- तत्कालीन माओवादी केन्द्रका नेता प्रकाश चन्द्र पाण्डेले नेकपा पार्टीको पद र सदस्यताबाट राजीनामा दिएका छन्।
- उनले अध्यक्ष प्रचण्डलाई भावुक पत्र लेख्दै पार्टीको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
- पाण्डेले अब जनार्दन शर्माको अभियानमा सक्रिय हुने संकेत गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै असन्तुष्ट बनेका तत्कालीन नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले पार्टी पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन् ।
लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निकट सहयोगी रहेका पाण्डेले बिहीबार राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिने क्रममा उनले प्रचण्डलाई एक भावुक पत्र समेत लेखेका छन् । एक समय ‘नेताको सुरक्षाका लागि मर्न तयार सिपाही’ भएपनि अहिले त्यही नेतृत्व र पार्टीको कार्यशैलीका कारण मोहभंग भएको उनको भनाइ छ ।
पाण्डेले पत्रमार्फत पार्टीभित्र बढ्दो आत्मकेन्द्रितता, सहयोद्धा कार्यकर्तामाथि भइरहेको अपमान र असहिष्णु व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै संगठनमा वस्तुगत विधि कमजोर भएको उल्लेख गरेका छन् । पत्रमा उनले प्रचण्डसँगको पुरानो राजनीतिक सम्बन्ध,आत्मीयता, युद्धकालीन अनुभव र व्यक्तिगत समर्पणको सम्झना समेत गरेका छन् ।
उनले उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद र पार्टी सदस्यता त्याग्दै अब राजनीतिक जीवनको नयाँ यात्रातर्फ अघि बढ्ने संकेत गरेका छन् । स्रोतका अनुसार उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण