सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छाैँ : प्रदेश प्रमुख कर्ण
बिहीबार, २७ कात्तिक २०८२, १७ : २३
काठमाडौँ । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गरेका छन् ।
बिहीबार मधेस प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै मिलेर काम गरे समस्या समाधान हुने बताए ।
सीताको धर्तीमा सबै सीतारुपी सांसदहरूले स्वागत गर्दा आफू खुसी भएको बताए । सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने बताए ।
उनले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीअनुसार काम अघि बढाउने बताए । सबै प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्ने बताए । विधिको शासन सबैले मान्नुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण