अपडेट
किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र
शुक्रबार, २८ कात्तिक २०८२, १४ : ३६
सारांश
- रास्वपा नेता सन्तोष परियारले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्।
- उनले बदलिँदो परिस्थिति र जेनजी आन्दोलनपछिको अवस्थालाई कारण देखाएका छन्।
- फरक राजनीतिक अभियानमा सक्रिय हुन राजीनामा दिएको परियारले बताएका छन्।
काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले पत्रमा उल्लेख गरेका छन् ।
नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनर्परिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने अबको ऐतिहासिक जिम्मेवारी युवा पुस्ताको काँधमा आएको समेत उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यस्तै जेनजी आन्दोलनले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको समेत उनको भनाइ छ ।
उनले रास्वपामा रहँदा नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको समेत उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण