बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

आगामी यात्राका लागि सन्तोष परियारलाई रास्वपाले दियो शुभकामना

शुक्रबार, २८ कात्तिक २०८२, १४ : ४६
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • रास्वपाले सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको शुभकामना दिएको छ।
  • परियारले राजीनामा पत्र कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाएका थिए।
  • परियारले राजनीतिमा नयाँ अभियान थाल्ने योजना बनाएको बताएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । रास्वपाले शुक्रबार प्रेस नोटमार्फत परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’, प्रेस नोटमा भनिएको छ ।

परियारले आजै पदबाट राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप