फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने सन्तोष परियारको घोषणा
सारांश
- सन्तोष परियारले रास्वपा परित्याग गरी फरक राजनीतिक अभियानमा लाग्ने घोषणा गरे।
- उनले नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना र पुनर्गठनको आवश्यकता औंल्याए।
- परियारले रास्वपामा रहँदा वैकल्पिक राजनीतिक विचारलाई संस्थागत गर्न नसकेको स्वीकार गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने घोषणा गरेका छन् ।
पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्दै उनले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने बताएका हुन् ।
उनले पार्टीमा बुझाएको राजीनामा पत्रमा भनेका छन्, 'नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुन:परिभाषा र सङ्गठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु ।'
उनले रास्वपामा रहेर विभिन्न भूमिकामा काम गर्दा आफूलाई साथ र सहयोग गर्ने सबै सहकर्मीप्रति आभार समेत प्रकट गरेका छन् । उनले भनेका छन्, 'यो देश निर्माणको क्रममा, समाज रुपान्तरणको क्रममा अनि आम नेपाली नगरको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ। '
राजीनामा पत्रमा परियारले रास्वपाका रहँदा वैकल्पिक राजनीति निर्माणका उद्देश्यसँग आफू निष्ठापूर्वक जोडिएको स्मरण गर्दै पार्टी भित्रका विचार बहसहरूलाई संस्थागत बनाउन भने नसकिएको स्वीकारेका छन्। नेपाली समाजको चरित्रअनुसारको स्पष्ट राजनीतिक विचार निर्माण गर्न नसकिएको उनको भनाइ छ ।
भदौ २३ र २४ गतेको ‘जेनजी’ विद्रोहले नेपालमा परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिँदै नयाँ चेतना निर्माण गरेको उनको तर्क छ । जसले आगामी राजनीतिक दिशाबारे व्यापक पुनर्विचार आवश्यक बनाएको परियारको भनाइ छ। परियारले नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनः परिभाषा र सङ्गठनहरूको पुनर्गठन पुस्ताको ऐतिहासिक जिम्मेवारी भएको समेत उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण