शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादी पुनर्गठन अभियानले गर्‍यो ५ निर्णय

आइतबार, ३० कात्तिक २०८२, १० : ३३
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारबारे छलफल गर्यो।
  • बैठकमा राजनीतिक घोषणापत्र र विधानको प्रारम्भिक खाकाबारे विस्तृत छलफल भयो।
  • अभियानले मङ्सिरको पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने तयारी गरेको छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान केन्द्रीय कमिटी बैठकले सङ्गठन विस्तार र राजनीतिक घोषणापत्रका बारेमा छलफल गरेको छ ।

संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकले सङ्गठन विस्तारदेखि राजनीतिक घोषणापत्रसम्बन्धी तयारी लगायतमा विषयमा छलफल गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो । छलफलमा उठेका बुँदाहरू समेटेर संयोजकले आगामी बैठकमा राजनीतिक घोषणा पत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।

पुनर्गठन अभियानमा सहभागी नेकपा (एकीकृत समाजवादी) का जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म चाँडो व्यवस्थित तथा विस्तार गर्ने निर्णय गरेको अर्यालको भनाइ छ ।

मङ्सिर पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने तयारीमा रहेको अभियानले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरुसँग सहकार्यका लागि छलफल गर्न संयोजकलाई भुसाललाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप