नयाँ दल दर्ताका लागि आयोगमा भौँतारिँदै दीपक साह
सारांश
- सर्वोच्चको आदेशपछि जनमत पार्टीबाट अलग भएका दीपक साह नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन्।
- उनले 'जनस्वराज पार्टी' खारेज भएपछि 'सर्वोदय' नामक नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका हुन्।
- आयोगमा आवश्यक कागजात बुझाएपनि प्रमाणपत्र नपाएको गुनासो गर्दै उनले ५१ सदस्यीय केन्द्रीय समिति र ओखल चुनाव चिन्ह प्रस्ताव गरेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतको दल दर्ता खारेजीको आदेश गरेपछि जनमत पार्टीबाट अलग भएका नेता दीपक साह फेरि नयाँ पार्टी दर्ताका लागि जुटेका छन् ।
त्यसका लागि उनले आयोगमा निवेदन पेस गरेपनि दर्ता प्रमाणपत्र पाउन सकेका छैनन् । सोही कारण उनी आइतबार निर्वाचन आयोग परिसरमै भौतारिँदै गरेको देखिए ।
सिके राउत नेतृत्वको जनमत पार्टीमा विभाजनपछि साहले ‘जनस्वराज पार्टी’ दर्ता गराएका थिए र आयोगले प्रमाणपत्रसमेत जारी गरेको थियो। तर यो दल सर्वोच्चको फैसलाले खारेज भएसँगै साह पुनः नयाँ नाममा दल दर्ता गर्ने प्रक्रियामा पुगेका हुन् ।
यसपछि उनले ‘सर्वोदय’ नामक नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। सोहीअनुसार आइतबार आवश्यक कागजात लिएर आज आयोग पुगेका साहले अझै प्रमाणपत्र नपाएको गुनासो गरे । तर आजै प्रमाणपत्र हात पर्ने आशा व्यक्त गरे। नयाँ दलमा ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको उनले बताए। दलका लागि ओखल चुनाव चिन्ह माग गरिएको छ ।
साहले आफूले सम्पूर्ण प्रक्रिया विधिसम्मत रूपमा नै पूरा गरेको बताए। ’नियमावलीमै टेकेर दल दर्ता गरेको हुँ, आयोगको कमजोरीका कारण अनावश्यक दुःख पाएको छु,’ उनले आयोग परिसरमै गुनासो व्यक्त गरे ।
उनले जनमत पार्टीको महाधिवेशनबाट निर्वाचित ३७ जना केन्द्रीय सदस्यमध्ये १४ जना आफू पक्षमा रहेको दाबी गर्दै अब नयाँ दलमार्फत राजनीतिक यात्रा निरन्तर रूपमा अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण