सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु
रुपन्देही । नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा–भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आजदेखि दस्तुर सङ्कलन सुरु गरेको हो ।
यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ ।
सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही “सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१” बमोजिम दस्तुर सङ्कलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।
उनले अहिले भैरहवा–भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर सङ्कलन सुरु गरिने बताए ।
“२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ”, केसीले भने, “यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।”
उनले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरुले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरुले बिगारेको बाटो सङ्कलित करबाट मर्मत गरिने बताए ।
उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर सङ्कलन अब वीरगञ्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ बाटोमा पनि सुरु गरिने बताउनुभयो । यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर सङ्कलन गरिने उनले जानकारी दिए ।
सङ्कलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ । दस्तुर सङ्कलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ ।
भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको रु ३०, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको रु २० र तिनपाङ्ग्रे तथा मोटरसाइकलको रु १० सडक उपभोग दस्तुर तोकिएको छ ।
यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले सङ्कलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण