एक वर्षमा दुई गभर्नरले राष्ट्र बैंकबाट बुझे ६३ लाख
काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई गभर्नरले नेपाल राष्ट्र बैंकबाट एक वर्षमा झण्डै ६३ लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको गभर्नर रहेका महाप्रसाद अधिकारी र डा. विश्व पौडेलले सो बराबरको तलब भत्ता तथा सेवा सुविधा लिएका हुन् ।
यसमध्ये महाप्रसाद अधिकारीले कुल ५५ लाख ८७ हजार ३०६ रुपैयाँ बुझेका छन् । बाँकी ६ लाख ८३ हजार ६०३ रुपैयाँ वर्तमान गभर्नर डा. पौडेलले बुझेका छन् ।
अधिकारीले प्राप्त गरेको कुल रकममध्ये तलबबापत ११ लाख ८८ हजार ९०३ रुपैयाँ, बैठक भत्ताबापत २ लाख ८८ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ४१ लाख १० हजार ४०३ रुपैयाँ रहेको छ ।
त्यस्तै, पौडेलले लिएको कुल रकममध्ये २ लाख ५० हजार ६५ रुपैयाँ तलबबापत, १ लाख १७ हजार बैठक भत्ताबापत र ३ लाख १६ हजार ५३८ रुपैयाँ अन्य भत्ता तथा सुविधाबापत रहेको छ ।
यो अवधिमा डेपुटी गभर्नरद्वय नीलम ढुङ्गानाले कुल ६४ लाख ३८ हजार १३१ रुपैयाँ तथा बमबहादुर मिश्रले ६१ लाख ८६ हजार १३९ रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।
यो अवधिमा राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यका लागि कुल २ करोड ३३ लाख ८४ हजार ९७८ रुपैयाँ खर्च गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण