काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादीको मात्रा
सारांश
- कालीमाटी तरकारी बजारमा राखिएको काँक्रो र धनियाँमा अत्यधिक विषादी भेटियो।
- भक्तपुरबाट आएको धनियाँमा ५५.२९% र नवलपरासीबाट आएको काँक्रोमा ४६.५०% विषादी भेटिएको हो।
- परीक्षण गरिएका १५ नमुनामध्ये २ वटामा विषादी भेटिएको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ ।
भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । यस्तै नवलपरासीबाट बिक्रीका लागि कालीमाटीमा ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अगानोफस्फेट नामक विषादीको मात्रा भेटिएको छ ।
समितिले १५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण