कानुनी उपचार खोज्दिन : निवर्तमान सभामुख मण्डल
बिहीबार, ०४ मङ्सिर २०८२, ११ : ४६
सारांश
- मधेस प्रदेशका पदमुक्त सभामुख रामचन्द्र मण्डलले महाअभियोगविरुद्ध कानुनी उपचार नगर्ने बताएका छन्।
- उनले आफ्नो पदमुक्तिलाई विशुद्ध अंकगणितीय खेल भन्दै अदालत नजाने स्पष्ट पारे।
- प्रदेशसभामा दुई तिहाइ बहुमतबाट महाअभियोग प्रस्ताव पारित भएपछि मण्डल पदमुक्त भएका हुन्।
जनकपुरधाम । मधेस प्रदेशका हालै पदमुक्त भएका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध प्रदेशसभाबाट पारित महाअभियोग प्रस्तावविरुद्ध कानुनी चुनौती नदिने बताएका छन् ।
आज रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो पदमुक्तिलाई “विशुद्ध अंकगणितीय खेल” भन्दै त्यसको विरुद्धमा अदालत जान नचाहेको स्पष्ट पारे ।
मण्डलले भने, “सभामुख नियुक्ति तथा पदमुक्ति अंकगणितीय खेल हो । गणितसँग आचरण दाज्नु पाखण्ड हो । नियमावली विपरीत दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो, तथापि म कानुनी उपचार खोज्ने पक्षमा छैन ।”
बुधबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ७८ मध्ये ७६ सांसदले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए । दुई तिहाइ बढी मत समर्थनमा आएपछि मण्डल पदमुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण