मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
वारपार

‘जनताले अस्वीकार गरिसकेको संसद् पुनर्स्थापना भए अर्को विद्रोह हुन्छ’ (भिडियो)

‘पराजयको डरले एमाले चुनाव भाँड्न लागिपरेको छ’
बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ४३
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौं । बारामा कर्फ्यु लगाउनुपर्ने स्थिति कसरी आयो ? राजनीतिक दलका गतिविधिमा रोक लगाउने तपाईंहरु को हो ? निषेधको राजनीतिले निर्वाचन भाँड्न जेनजी समूह नै सक्रिय छ किन नभन्ने ? 

‘वारपार’मा अन्तर्वार्ताका लागि रातोपाटी स्टुडियोमा आएका यादवलाई सुरुमै सोधियो । ‘एमाले कार्यकर्ताले आफ्नो समूहका कार्यकर्तालाई कुटपिट र दुर्व्यवहार गरेपछि घटना भएको हो,’ उनको जवाफ थियो । पराजयको डरले एमाले अहिले चुनाव भाँड्न लागिपरेको उनले आरोप समेत लगाए । 

फागुन २१ गते चुनाव भएर छाड्ने र देशभरका जेनजी समूहरु पनि एक हुँदै गएको यादवले बताए । यद्यपि निर्वाचनसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उनले सुनाए । 
सुशीला कार्की नेतृत्वको सरकारलाई असली जेनजी समूहले हरतरहले सहयोग गर्ने भन्दै यादवले जेनजीको नाममा सेयर माग्ने, भाग माग्ने वा गैरकानुनी काम गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याउन आफूहरुले सहयोग गर्ने पनि यादवले बताए । 

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरे जेनजी समूहले के गर्छ ? यादव सिधै भन्छन्, ‘विद्रोह हुन्छ । यति कुरा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पनि थाहा छ । जनताको शक्ति कति छ भन्ने कुरा न्यायाधीशहरुलाई पनि राम्ररी थाहा छ ।‘

‘जनताले नै अस्वीकार गरेको संसद् कसरी पुनर्स्थापना हुन्छ ?’ यादवको प्रश्न छ । सिंहदरबार किन जलाएको भन्ने प्रश्नमा यादव सिंहदरबार नभई ठुला भ्रष्टाचार जलेको तर्क गर्छन् । 

दल नै दर्ता नगरी जेनजीले कसरी निर्वाचन लड्ने ? आन्दोलनका मारिएका व्यक्तिका आफन्तले क्षतिपूर्ति र न्याय नपाएको, घाइतेको उपचारमा बेवास्ता गरिएको, कतिपय जेनजी भनिने व्यक्तिहरुले नै कतिपय मन्त्रीहरुको राजीनामा माग्न थालेको लगायत विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा यादवसँग कुराकानी गरिएको छ । 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप