बारा घटना : चार युवासहित ६ प्रहरी घाइते
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ४१
बारा । बाराको सिमरामा भएको जेनजी आन्दोलनको क्रममा ४ जना जेनजी युवाहरूसहित ६ जना प्रहरी जवान घाइते भएका छन् ।
आज बिहान १० बजेदेखि सिमरा चोकमा सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि दोहोरो भिडन्तको क्रममा आन्दोलनकारी र प्रहरी घाइते भएका हुन् ।
जितपुर सिमरा अस्पतालमा उल्लेख भएको तथ्यांक अनुसार आजको आन्दोलनमा निलहरी सापकोटा, निशान श्रेष्ठ, सुमित चौधरी र सन्देश घिमिरे घाइते भएको जनाइएको छ ।
घाइते भएका युवाहरूमध्ये निलहरी सापकोटा र निशान श्रेष्ठलाई गहिरो चोट लागेकाले वीरगञ्ज स्थित एल.एल न्युरो अस्पतालमा पठाइएको सिमरा अस्पतालले जनाएको छ ।
यता, ६ जना प्रहरी जवान पनि सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण