भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का
शुक्रबार, ०५ मङ्सिर २०८२, १२ : ४६
सारांश
- शुक्रबार भारत र बंगलादेशमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ।
- भूकम्पको केन्द्रबिन्दु बंगलादेशको टुंगी नजिकै रहेको यूएसजीएसले जनाएको छ।
- भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो ।
भारतमा पनि यो भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजेर १० मिनेटको समयमा भारतको पश्चिम बंगाल र आसपासका राज्यमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण अहिलेसम्म दुवै मुलुकबाट प्राप्त भएको छैन ।
यसअघि पाकिस्तामा पनि बिहान स्थानीय समय अनुसार ३ बजेर ९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानमा भने ५.२ रेक्टरस्केल तीव्रता मापन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण