फिनेस्टाको अन्तर्राष्ट्रिय बिक्री केन्द्र विस्तार, काठमाडौंमा शोरुम
काठमाडौं । भारतको बृहत् झ्याल ढोका सम्बन्धी कम्पनी तथा डिसिएम श्रीराम लि.को एक विभाग फिनेस्टा बिल्डिङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ गरेको छ ।
कम्पनीले यसको शुरुवात् काठमाडौंबाट गरेको उद्घोष गरेको छ । यो नयाँ शोरुमले नेपाली ग्राहकहरुलाई झ्याल, ढोकाहरु किन्ने परम्परागत प्रचलनमा परिवर्तन दिलाउने र ग्राहकहरु किन्नु अघि ती उत्पादनहरुलाई स्पर्श गरेर त्यसको महसुस गर्न सक्ने कम्पनीले बताएको छ ।
शोरुममा फिनेस्टाका विविध डिजाइनका झ्याल ढोकाहरु विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछन् । शोरुम उद्घाटन कार्यक्रममा फिनेस्टा बिल्डिङ्ग सिस्टमका बिजनेस प्रमुखसाकेत जैनले फिनेस्टा भारतको एकमात्र त्यस्तो ब्राण्ड भएको र भारतभर विस्तारित शोरुमहरुमार्फत् ग्राहकहरुलाई प्रत्यक्ष अनुभवको मौका दिने गरेको बताए ।
उनले यसको विस्तार अन्तर्राष्ट्रिय रुपमा पनि गरेको र नेपालका ग्राहकहरुलाई उत्कृष्ट डिजाइनहरुको चयन गर्न र खरीद कार्यको निर्णय छिटो गर्न सहयोग पुग्ने बताए । फिनेस्टाका उत्पादनहरुको निर्माण ध्वनि, वर्षा र धुलोले कुनै असर नगर्ने प्रविधिका साथ गरिएको हुनाले भारतभरका प्रमुख बिल्डरहरु, आर्किटेक्टहरु र इन्टेरियर डिजाइनकर्ताहरुमाझ अत्यन्त लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण