शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एनपीएल

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

पाेखराकाे लगातार दोस्रो हार
शुक्रबार, ०५ मङ्सिर २०८२, १९ : ५६
शुक्रबार, ०५ मङ्सिर २०८२

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले देस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले ।

३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै पोखराका लागि पहिलो खेलमा चल्न नसकेका जिम्मी निशमले आजको खेलमा २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए ।

पोखराका डान डाउथवडले ३७ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका लागि हर्मित सिंहले दुई विकेट लिए । त्यस्तै स्कट कुग्गलेइन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले ।

३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले ४३ बल खेल्दै ४ चौकाको सहयोगमा ४३ रन बनाए । क्रिस लिनले ३१ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे । बलिङतर्फ पोखराका लागि जिम्मी निशमले दुई विकेट लिँदा आकाश चन्द र डान डाउथवेडले दुई–दुई विकेट लिए ।

आजको खेलमा जित निकाल्दै सुदूरपश्चिमले दुई खेलबाट ४ अंक जोडेको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । यता पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप