आठ लाख ३७ हजार नयाँ मतदाता थपिए
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको समय थप गरेको थियो।
- आयोगले मंसिर ५ गतेसम्मका लागि समय थप गर्दा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।
- नयाँ मतदाताहरू बायोमेट्रिक्स र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका हुन्।
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
यसबिचमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । बायोमेट्रिक्स मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्र मार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगमा शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् ।
यस्तै अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएका र ती दल प्रक्रियामा रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण