शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
खेलको अपडेटको लागि तयार रहनुहोस्।
विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा विराटनगरले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको हो ।
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा विराटनगरले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउँदा नरेन भट्टले २४ रनको योगदान गरे । त्यस्तै मार्टिन गप्टिलले २५ रन बनाउँदा बसिर अहमदले १९ र लोकेश बमले १४ रनको योगदान गरे ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनायो । काठमान्डुका लागि आदिल आलमले सर्वाधिक ४८ रनको योगदान गरे ।
उनले २५ बलमा ४ र्चाका २ छक्का प्रहार गरे । त्यस्तै सन्तोष यादवले २६ रन जोडे । काठमान्डुका बेन चार्ल्सवर्थले ३२ रन बनाउँदा गेहार्ड रसमसले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको विराटनगरकका लागि सूर्यले चौथो विकेट लिएका हुन् । उनले गेहार्ड रसमसलाई १० रनमा क्याच आउट गराए । यसअघि विराटनगरका लागि डी लेङले तेस्रो विकेट लिएका थिए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको विराटनगरका लागि मर्चान्ट डी लिङले आकाश त्रिपाठीलाई क्याच आउट गराएका हुन् । यो विकेटसँगै काठमान्डुले पहिलो ओभरमा एक विकेट गुमाएर मात्र १ रन बनायो ।
काठमाडौँ । काठमाडौँ गुर्खाजले पहिलो ओभरमै एक रन पनि नजोडी महत्त्वपूर्ण पहिलो विकेट गुमाएको छ । मर्चान्ट लि लान्गेको पहिलो ओभरको पाँचौँ बलमा आकाश त्रिपाठी सन्दीप लामिछानेबाट क्याच आउट भए ।टिमले एक रन पनि नबनाएको अवस्थामा उनी क्याच आउट भएका हुन् ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमान्डु टस हारेर ब्याटिङमा उत्रिएको छ ।
विराटनगरको यो दोस्रो खेल हो भने काठमान्डु गुर्खाजको तेस्रो खेल हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो भने काठमान्डुले जनकपुर बोल्ट्सलाई पहिलो खेलमा हराए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजविरुद्ध टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको छ ।
विराटनगरको यो दोस्रो खेल हो भने काठमान्डु गुर्खाजको तेस्रो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो भने काठमान्डुले जनकपुर बोल्ट्सलाई पहिलो खेलमा हराए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।
यसअघि आजै बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई कर्णाली याक्सले ९ विकेटको भारी अन्तरले पराजित गरेको थियो ।