नेकपा र जेनजीको मुद्दा एउटै हो : प्रचण्ड
शनिबार, ०६ मङ्सिर २०८२, १५ : ४२
काठमाडौँ । जेनजीले उठाएका मुद्दा र माग जायज रहेको बताएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पनि उनीहरूकै मुद्दा उठाउँदै आएको बताएका छन् ।
जेनजी युवालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि जेनजी पुस्ता अगाडि आउन आवश्यक रहेको बताए ।
'देशमा थुप्रै समस्या देखिएका छन्, त्यसलाई समाधान गर्न सरकार तथा सडकबाट निकै प्रयास गरे पनि सुनवाइ नभएपछि युवा सडकमा आएपछि मात्र सबैले सुन्न बाध्य भए,' पेरिसडाँडामा 'जेनजीसँग नेकपा कार्यक्रम'मा शनिबार उनले भने । जेनजी र नेकपाको मुद्दा मिल्ने भएकाले एकसाथ काम गर्न पनि उनले आग्रह गरे ।
नेकपासँग जोडिन आएका जेनजीलाई धन्यवाद दिँदै जेनजी पुस्तासँग यो एकता र सहकार्यले ठुलो सन्देश जाने विश्वास आफूले लिएको पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण