शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

शनिबार, ०६ मङ्सिर २०८२, १९ : २७
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइयो।
  • त्रिवेणी नगरपालिका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए।
  • मुख्यमन्त्री शाहले माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए।

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

त्रिवेणी नगरपालिका–४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बुढीगङ्गा नगरपालिकाका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएका हुन् । 

बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको र मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने बताए । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुुपर्नेलगायत माग उल्लेख गरिएको उनले बताए । 

मुख्यमन्त्री शाहले ज्ञापनपत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप