दुहबीको जुट मिलमा आगलागी
सारांश
- दुहबीको जुट मिलमा आगलागी भएको छ, जसले ठूलो क्षति पुर्याएको छ।
- आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको छ, तर अझै नियन्त्रणमा आएको छैन।
- आगलागीको कारण पत्ता लाग्न सकेको छैन, तर विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ।
धरान । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आएको उक्त जुट मिलमा आज दिउँसो करिब ४ः३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
उनले भने, 'धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो ।' आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उनले बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अहिलेसम्म जारी छ ।
आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उनले बताए । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाउँदै उनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण