राजस्व कार्यालय जुम्लाले ८ करोड ६८ लाख राजस्व सङ्कलन गर्यो
सारांश
- जुम्लाको राजस्व कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा आठ करोड ६८ लाख राजस्व सङ्कलन गर्यो।
- कार्यालयका अनुसार आयकरबाट सबैभन्दा बढी ६ करोड ४४ लाख सङ्कलन भएको छ ।
- कार्यालयले करदाता शिक्षालाई प्रभावकारी बनाउन र ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।
जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ४ महिनामा रु आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको थियो, तर रु आठ करोड ६८ लाख सङ्कलन गरेको हो ।
जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व सङ्कलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख सङ्कलन भएको जानकारी दिए । उनले भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ रु ५६ लाख राजस्व सङ्कलन भएको बताए ।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ । बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनले जिल्लामा १७ हजार बढी करदाता रहेको बताए ।
भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेकामा रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण