२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन
आइतबार, ०७ मङ्सिर २०८२, १४ : ४०
काठमाडौँ । २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै रोजगारीको ग्यारेन्टी, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न माग गरेका छन् ।
त्यस्तै उनीहरुले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी हिन्दु राज्यको माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण