मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय बन्द हुने

आइतबार, ०७ मङ्सिर २०८२, १५ : ३८
आइतबार, ०७ मङ्सिर २०८२

जनकपुरधाम । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।

प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) सम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठुलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ । 

साथै विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरेका छन् । 

1-587220773_2773797222970122_655660181229151422_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप