महेश बस्नेतमाथि आक्रमणको प्रयास गर्ने दुई युवा छुटे
विराटनगर । विराटनगर आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।
विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरुले रातो मसी प्रहार गरेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर थिए। उनीहरू दुवै जना नेपाली कांग्रेस निकट रहेको भएपनि जेनजी आन्दोलनयता सोही अभियानमा सक्रिय थिए । जेनजी अभियान्ता मोहम्मद जमशेद आलमले भर्खरै उनीहरूलाई प्रहरीले छोडेको बताए ।
काठमाडौँबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा सङ्घको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रममा सहभागी हुन आउँदै थिए ।
उनीहरू विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाहरूले मसी भरिएको बेलुन प्रहार गरेका थिए । बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण