इतिहास बोकेको खण्डहर विराटनगर जुट मिल, तस्बिरहरू
विराटनगर । नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ।
जुद्ध शमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो। पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट सुरु गरेका थिए।
ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ। लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ ।
संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन्। भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएका छन्।
२०४६ सालमा प्रजातन्त्र पुन:स्थापनासँगै मिलको अवस्था खस्किन सुरु भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।
_VFfXZoEs1c.jpg)
_HO5ugUBzr7.jpg)
_PsMUATjBX6.jpg)
_Ts2SMgZ5NE.jpg)
_NEZhOfjTsP.jpg)
_fT0P5bETB3.jpg)
_rJSwHjZRqO.jpg)
_gko7djKBFJ.jpg)
_FZiQLDXEBn.jpg)
_TnG9wGfbVC.jpg)
_cm6Deq3D1i.jpg)
_N0LOccdlTl.jpg)
_8xftJhkDvr.jpg)
_qVEQKKmTV7.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण