शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाजागाजासहित दल दर्ताको प्रमाणपत्र लिन आयोग पुगे खगेन्द्र

सोमबार, ०८ मङ्सिर २०८२, १४ : ०५
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • खगेन्द्र सुनारको नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भयो।
  • आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्‍यो, चुनाव चिन्ह 'लाइक' रहेको छ।
  • पार्टी अध्यक्ष खगेन्द्रले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने बताए।

काठमाडौँ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल दल निर्वाचन आयोगमा विधिवत् रूपमा दर्ता भएको छ । 

सोमबार आयोगले हाम्रो पार्टी नेपाललाई दल दर्ताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेको हो । आयोगमा २१६ नम्बरमा दर्ता भएको सो पार्टीको चुनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक रहेको छ । 

दल दर्ताको प्रमाणपत्र लिनका लागि खगेन्द्र बाजागाजाका सहित आयोग पुगेका थिए । सो क्रममा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्रले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी मजबुत राजनीतिक शक्तिको रूपमा उदाउने बताए । 

राजनीतिक कोर्स र देशलाई सही ढङ्गले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले बताए । सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरू दर्ता हुनु स्वाभाविक भएको जिकिर गरे । 

धेरै शक्तिहरूको सङ्घर्षपछि एउटा बलियो राजनीतिक शक्ति निर्माण हुने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप