फेरि बिग्रियो धर्मेन्द्रको स्वास्थ्य ?
सारांश
- बलिउड अभिनेता धर्मेन्द्र केही दिनदेखि अस्वस्थ छन् र हाल घरमै उपचार गराइरहेका छन्।
- धर्मेन्द्रको स्वास्थ्य अवस्थाबारे फ्यानहरूले चिन्ता व्यक्त गरिरहेका छन्, भने हेमा मालिनीले भावनात्मक रूपमा थकित भएको बताइन्।
- धर्मेन्द्रले ६५ वर्षको करियरमा ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् र उनको आगामी फिल्म डिसेम्बर २५ मा रिलिज हुँदैछ।
नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र विगत केही दिनदेखि अस्वस्थ छन् । झन्डै दुई हप्ता अस्पताल बसेपछि उनलाई नोभेम्बर १२ मा डिस्चार्ज गरिएको थियो । त्यसबेलादेखि उनी घरमै उपचार गराइरहेका छन् । धर्मेन्द्रको घर बाहिर एम्बुलेन्स देखिएको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार छापेका छन् ।
अभिनेताकी छोरी इशा देओल पनि घरमै देखिएकी छिन् । धर्मेन्द्रको घर बाहिर सुरक्षा पनि बढाइएको छ । धर्मेन्द्रको घरबाट आएका भिडियोहरू सामाजिक सञ्जालमा निरन्तर देखा परिरहेका छन् । यी भिडियोमा कमेन्ट गर्दै फ्यानहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।
सुभाष के.झासँगको विशेष अन्तर्वार्तामा हेमा मालिनीले पछिल्ला केही दिन भावनात्मक रूपमा थकित बनेको भनेकी थिइन् । ‘यो मेरो लागि सजिलो समय थिएन । धर्मजीको स्वास्थ्य हाम्रो लागि ठुलो चिन्ताको विषय बनेको छ । उहाँका छोराछोरीहरू रातभर सुत्न सकेका छैनन् । म यी जिम्मेवारीको बोझले कमजोर हुन सक्दिन । तर हो, उहाँ घर फर्कनुभएकोमा म खुसी छु । उहाँ अस्पतालबाट बाहिर आउनुभएपछि हामीलाई राहत भएको छ । उनी आफ्ना प्रियजनहरूको बिचमा बस्नुपर्छ । बाँकी त सबै भगवानको हातमा छ । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्’ हेमाले भनेकी थिइन् ।
धर्मेन्द्र बलिउड सुपरस्टार हुन् जसले ६५ वर्षको करियरमा ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । हिन्दी सिनेमामा सबैभन्दा धेरै हिट फिल्महरूको रेकर्ड उनको नाममा छ । धर्मेन्द्रले १९६० मा ‘दिल भी तेरा हम भी तेरे’बाट डेब्यू गरेका थिए । १९६० को दशकमा उनी लोकप्रिय भए ।
‘ए मिलन की बेला’, ‘फूल और पत्थर’ र ‘आये दिन बहार के’ जस्ता फिल्महरूले उनलाई त्यो दशकमा रातारात लोकप्रियताको शिखरमा पुर्यायो । यिनै फिल्मले उनलाई हि–म्यानको हैसियत दिलायो । यो दर्जा आज पनि कायम छ । उनको आगामी फिल्म इक्किस डिसेम्बर २५ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण