२५औँ आहारारा गोल्डकप माघ २७ देखि
पोखरा । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप माघ २७ देखि सुरु हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्रतियोगिताको तालिका दिइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताको तयारी सुरु भइसकेको उनको भनाइ छ । उनका अनुसार प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिनेछन्, तर सहभागी टोलीको टुंगो भने लागिसकेको छैन । हिमश्री फुड्सको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको छ ।
२४औँ संस्करणको उपाधि उन्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो ।
क्लबले हरेक वर्ष प्रतियोगिता गरेर एकेडेमी सञ्चालन गर्दै आएको छ । दोबिल्लामा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ मा १६ जिल्लाका ३० किशोरहरू आवासीय सुविधासहित फुटबल प्रशिक्षणमा छन् ।
उनीहरूको शिक्षादीक्षाको व्यवस्थासमेत क्लबले नै गर्दै आएको छ । विपन्न परिवारका बालक र किशोरलाई एकै ठाउँमा राखेर क्लबले एकेडेमी चलाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण