कर्णालीसँगको जितपछि कप्तान ऐरीको प्रतिक्रिया
सारांश
- सुदूरपश्चिम रोयल्सले ह्याट्रिक जित दर्ता गर्दै अंक तालिकामा शीर्ष स्थान ओगटेको छ।
- कप्तान दीपेन्द्रसिंह ऐरीले प्लेअफमा पुग्न सजिलो भएको बताए।
- कर्णाली याक्सका प्रशिक्षक राजु बस्न्यातले खेलाडीको प्रदर्शनमा सुधारको अपेक्षा राखेका छन्।
काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले ह्याट्रिक जीत दर्ता गरेको छ । सोमबार कर्णाली याक्सलाई ४५ रनले पाखा लगाउँदै सुदूरपश्चिमले तेस्रो जीत निकाल्नुका साथै अङ्क तालिकामा प्रथम स्थानमा उक्लेको छ ।
अपराजित सुदूरपश्चिमले लगातार तीन खेल जित्दै छ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको हो । आजको जीतपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले प्लेअफ पुग्न सहज भएको प्रतिक्रिया दिए । उनले भने, “लगातार तीन जीत निकाल्दा अन्य टोलीलाई पनि दबाब परेको होला । यो जीतले हामीलाई प्लेअफमा पुग्न धेरै मद्दत पुग्नेछ ।”
साथै उनले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताए । उनले भने, “पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको थियौँ । आफ्ना टोलीका खेलाडीले पिचअनुरूप खेल्यौँ । ब्याटिङमा धेरै राम्रो गर्न नसकिए पनि बलिङमा राम्रो गर्दा नतिजा प्राप्त गर्न सफल भयौँ ।”
यसैबिच, कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताए । उनले भने, “हाम्रा खेलाडीले क्षमताअनुरूप खेल्न नसक्दा हार व्यहोर्नुपर्रयाे । अझै चार खेल बाँकी छन्, त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मेहनत गर्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण