वीरगञ्ज नाकाबाट चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो
सारांश
- वीरगञ्ज नाकाबाट चार महिनामा दुई खर्ब ८४ अर्बको सामान आयात भयो।
- गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयातमा ४३ अर्ब ८६ करोडले वृद्धि भयो।
- पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी र मलखाद लगायतका सामान आयात भएका छन्।
पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएकाे छ ।
गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएकाे हाे । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट १८ प्रतिशत वृद्धि भएको जानकारी दिए ।
“गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भयो,” उनले भने ।
कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको चार महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन भएकाे हाे ।
वीरगञ्ज नाकाबाट चार महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भयो । त्यस्तै सोही अवधिमा रु २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएकाे हाे । रु १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिए ।
वीरगञ्ज नाकाबाट चार महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चारको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण