साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब अनिवार्य रूपमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ । साउदी सरकारले स्किल भेरिफिकेसन प्रोग्राम लागू गरेसँगै बुधबारदेखि सीप प्रमाणीकरण नभएका श्रमिकले साउदीका लागि श्रम स्वीकृति नपाउने भएका हुन् ।
साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार, दक्ष श्रमिकको व्यावसायिक मापदण्ड सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको छ ।
यस प्रक्रियाका लागि श्रमिकले कुल १०० अमेरिकी डलर -करिब १५ हजार नेपाली रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । जसमा ५० डलर परीक्षा शुल्क र ५० डलर पूर्वसिकाइ मान्यता शुल्क समावेश छ ।
श्रमिकले प्रोफेसनल भेरिफिकेसन पोर्टल मार्फत आफ्नो विवरण दर्ता गर्नुपर्ने छ । छनोट गरिएको पेसाअनुसार सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्नेछ ।
परीक्षा उत्तीर्ण भएपछि व्यावसायिक मान्यता प्रमाणपत्र जारी हुनेछ । जुन साउदीको भिसा प्रक्रियाका लागि सिधै मोफा प्रणालीमा एकीकृत हुनेछ ।
हाल सुरुवाती चरणमा निर्माण क्षेत्रका श्रमिक, सामान लोड–अनलोड गर्ने, भरिया र ठेला चलाउने लगायतका ५ वटा मुख्य पेसामा यो नियम लागू गरिएको जनाएको छ।
साउदी सरकारले आगामी दिनमा अन्य पेसाहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण