एमाले महाधिवेशन : मोरङदेखि ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी
विराटनगर । एमालेको आउँदो ११ औँ राष्ट्रिय अधिवेशनका प्रतिनिधि छनौट सुरु भएको छ । एमाले मोरङले दिएको जानकारी अनुसार मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका ६ र दलित क्षेत्र १ गरी ७ निर्वाचन क्षेत्रमा खुला, महिला, दलित र युवा गरी कुल ४६ प्रतिनिधि छनोट गर्न मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिएको हो ।
मोरङमा २१ खुला, १५ महिला, ३ दलित र ७ युवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ। आवश्यक सङ्ख्याभन्दा ३ गुणाभन्दा धेरैको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उक्त उम्मेदवारी छनौटका लागि मंसिर १३ गते निर्वाचन हुने कार्यतालिका छ ।
निर्वाचनको लागि उम्मेदवारी दर्ता सकिएको र मंसिर ११ गते अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
मोरङमा ४६ प्रतिनिधि चयनका लागि २३ हजार १७९ मतदाता रहेको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण