१० खेलाडीमा झरेको बार्सिलोनामाथि चेल्सीको शानदार जित
बुधबार, १० मङ्सिर २०८२, ०३ : ४२
सारांश
- च्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोनालाई ३-० गोलले पराजित गर्यो।
- खेलको २७औं मिनेटमा कुनडेको आत्मघाती गोलबाट चेल्सीले अग्रता लियो।
- बार्सिलोनाका अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो।
काठमाडौँ । बुधबार राति भएको च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा चेल्सीले बार्सिलोनालाई ३–० ले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ।
खेलको २७ औँ मिनेटमा जुल्स कुनडेको आत्मघाती गोलमार्फत चेल्सीले अग्रता बनायो। दोस्रो हाफमा चेल्सीले खेललाई अझै आफ्नो पक्षमा मोड्दै ५५ औँ मिनेटमा एस्टेवाओले गोल गरे। त्यसपछि ७३ औँ मिनेटमा लियम डेलापले गोल थप्दै चेल्सीकाे जित सुनिश्चित गरे।
बार्सिलोनाका रोनाल्ड अराउजोले ४४ औँ दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण