शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

बिहीबार, ११ मङ्सिर २०८२, १५ : ३२
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो ।

आजको बजारमा कारोबार रकम स्थिर देखिएको छ। बजारमा आज ३३३ कम्पनी १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ बजारमा सागर डिस्टिलरीको मूल्य १० तथा स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेरको छ । त्यस्तै एनआरएनको सेयर मूल्य पनि ९.६२ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ४० करोडको कारोबार हुँदा ङादी पावरको १६ करोड ३६ लाख तथा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज १३ समूहमध्ये फाइनान्स, लघुवित्त, उत्पादनमूलक अन्य र ट्रेडिङ समूहको सूचक घट्दा बाँकी समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहमा १.४९ प्रतिशतले भएको छ । आज बजारमा हिमस्टार उर्जा र फर्स्ट माइक्रोफाइनान्सको मूल्यमा सर्वाधिक ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप