एनपीएल
पोखराले जित्यो टस, जनकपुरलाई बलिङको निम्तो
बिहीबार, ११ मङ्सिर २०८२, १५ : ५४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई बलिङ गर्ने निम्तो दिएको छ ।
अङ्कतालिकामा जनकपुर र पोखरा २ खेलमा अङ्कविहीन रहँदै क्रमशः सातौँ र आठौँ स्थानमा छन् ।
जनकपुरले आज तीन खेलाडी परिवर्तन गरेको छ । लाहिरु मिलान्थासहित संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दै छन् ।
पोखरा एभेन्जर्सले आज एक खेलाडी परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृत राज दास पहिलो रोजाइमा खेल्दै छन् ।
यस खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण