झापामा एमालेको प्रतिनिधि छनौट : गुट गर्न प्रतिबन्ध, सहमतिबाट टुङ्ग्याउने
झापा । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि झापामा मनोनयन दर्ता भइरहेको छ । प्रतिनिधि छनौटका लागि जिल्लाको ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दलित जिल्ला इकाईमा मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन विभागका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिए ।
निर्वाचन विभागका प्रमुख लम्सालका अनुसार निर्वाचन कार्यतालिका बमोजिम मंसिर १० गते अन्तिम मतदाता नामावली नामावली प्रकाशन गरिएको छ । ११ गते मनोनयन दर्ता, १२ गते उम्मेदवारी फिर्ता र १३ गते निर्वाचन हुने उनको भनाई छ ।
प्रतिनिधि छनौटका लागि हुने निर्वाचन पश्चात् मतपत्रहरू क्षेत्रीय निर्वाचन कार्यालयमा सङ्कलन गरेर गणना गरिने लम्सालले जानकारी दिए ।
निर्वाचन विभागले पार्टीको केन्द्रीय नीति बमोजिम प्रतिनिधि छनौटमा गुट र समूह निर्माण गर्न पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । विभाग प्रमुख लम्सालले भने,'स्वतन्त्रपूर्वक मत माग्न पाइन्छ, कसैलाई अपमान र दुर्व्यवहार पाइँदैन ।'
प्रतिनिधि छनौटका लागि जिल्लामा अधिकतम सर्वसम्मतका लागि प्रयास गरिने विभाग प्रमुख लम्सालको भनाई छ । सहमति नभए मात्रै निर्वाचनमा जाने जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण