बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एमालेको ११ औँ  महाधिवेशन : सोलुखुम्बुबाट सबै प्रतिनिधि सर्वसम्मत

बिहीबार, ११ मङ्सिर २०८२, २० : ४२
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । विश्वको सबैभन्दा उच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुले नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेर उदाहरणीय बनेको छ । 

निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठ अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो । ती सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले निर्वाचित घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार छनौट भएका सर्वसम्मत भएका प्रतिनिधिहरूमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला रहेका छन् । 

उत्पीडित तर्फ डि.बि रनपाल निर्वाचित हुनु भएको छ । महिलातर्फका दुई जनामा कल्पना राई र मोहन कुमारी कार्की निर्वाचित भएका छन् । ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोला निर्वाचित हुनु भएको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप