कांग्रेस बैठक
कांग्रेस बैठक सारिएपछि कार्यवाहक सभापति खड्काले दिए यस्तो प्रतिक्रिया
बिहीबार, ११ मङ्सिर २०८२, २२ : ५२
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सार्नुको कारणबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिए।
- शुक्रबारका लागि तोकिएको बैठक आइतबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी कार्यालयमा बस्ने भएको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
बैठक सारिएको जानकारीसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिएका छन्। उनले आफूले बैठक सार्नुका कारणप्रति सर्वसम्मत वातावरण नबनेको संकेत गर्दै लेखेका छन् ‘माफ पाउँ सबैसँग बैठक सारेकामा गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ। जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु, म कार्यवाहक रहेसम्म।’
शुक्रबारका लागि तोकिएको बैठक अब आइतबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण