फ्राइडे रिलिज : देशभर ‘हर्ष’
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'हर्ष' देशभर एकसाथ रिलिज भएको छ।
- निर्देशक एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत लगायतका कलाकारको अभिनय छ।
- फिल्मले परिवारको कथालाई उठाएको छ, र यसको काठमाडौंमा प्रिमियर समेत भइसकेको छ।
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘हर्ष’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि फिल्मले देशभरका हल भने कब्जा गर्न पाएको छैन । किनभने अघिल्ला साताहरूमा आएको फिल्म ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ ले अझै धेरै स्टेसन ओगटेका छन् ।
फिल्म ‘हर्ष’ एकता पौडेलले निर्देशन गरेकी हुन् । शिव रेग्मीको भान्जी समेत रहेकी पौडेलको यो डेब्यु निर्देशन हो । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायाङ्कन, समीर र हिमाल, वसन्त सापकोटा, एलिश कार्कीकाे सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । फिल्मले परिवारको कथा उठाएको छ ।
फिल्मको बुधवार साँझ काठमाडौँमा प्रिमिoर समेत भएको थियो । प्रिमियरमा थुप्रै पुरानाका कलाकार, निर्माता, निर्देशक लगायतको सहभागिता थियो । फिल्म हेरेपछि अधिकांशले फिल्मको विषयमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण