एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
शनिबार, १३ मङ्सिर २०८२, १४ : ०३
सारांश
- एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिनेछ ।
- क्यान र एमसिसीबीच अवार्ड प्रदान गर्न सम्झौता भएको छ ।
- खेलमा निष्पक्षता प्रदर्शन गर्ने टिमलाई अवार्ड दिइने क्यानले जनाएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बिच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरे । क्यानले अब एनपीएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ ।
खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ । यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण