रास्वपा-विवेकशील साझा एकता : वैकल्पिक शक्तिबिच मिलनको सुरुवात
काठमाडौँ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक शक्तिको चर्चा अरु बढेको छ । फागुन २१ गतेका लागि तोकिएको चुनाव आउन करिब तीन महिना मात्रै बाँकी छ । यस्तोमा पुराना राजनीतिक शक्तिहरुलाई पराजित गर्न वैकल्पिक र नयाँ शक्तिहरु एकजुट हुनुपर्ने आवाज जनमानसबाटै उठिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले वैकल्पिक शक्तिबिच मिलनको सुरुवात गरेका छन् । आइतबार राष्ट्रियसभा गृहमा आयोजित समारोहबिच यी दुई पार्टीले एकीकरणको घोषणा गरे । दुवै पार्टीका नेताहरुले वैकल्पिक राजनीतिका संस्थापक दिवंगत उज्ज्वल थापाले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
एकता सभामा बोल्ने दुवै पक्षका नेताहरूले थापाले देखेको सपनालाई पूरा गर्ने उद्देश्यले नै पार्टी एकता गरेको जिकिर गरे । रास्वपाले अंगीकार गरेका सिद्धान्त, झण्डा, चुनाव चिन्ह अंगीकार गर्ने गरी दुई पार्टीबिच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि रास्वपा र विवेकशील साझाका नेताहरूले घण्टी बजाएर एकताको स्वागत गरे ।
रास्वपामा विलय भएपछि साविक विवेकशील साझाकी नेतृत्व यो एकता विलय नभई प्रलय भएको जिकिर गरिन् । संस्थापक थापाले खोलेको वैकल्पिक राजनीतिको ट्र्याकलाई रवि लामिछाने नेतृत्वको रास्वपाले राजमार्ग बनाएको उनले बताइन् ।
_7a7rE0stxs.jpg)
‘विवेकशील साझाले वैकल्पिक राजनीतिको ट्र्याक खोल्यो । रास्वपाले राजमार्ग बनायो । अब ट्र्याक खोल्ने र राजमार्ग बनाउने शक्ति सँगै छौँ । उज्ज्वल थापाले रोपेको फूल फल्न र फुल्न पर्यो,’ बास्कोटाले भनिन्, ‘ म कुनै पदका लागि आएको होइन । एक साधारण सदस्य भएर पनि बस्न सक्छु,’ बास्कोटाले भनिन् ।
कार्यक्रममा निकै गम्भीर देखिएकी बास्कोटाले आफूले १० वर्षसम्म प्रयास गर्दा पनि संसद्मा तीन सिट मात्र ल्याउन सकिएको, तर रविले पाँच महिनामै २१ सिट जितेर भाग्यमानी सावित गरेको बताइन् ।
विवेकशील साझाले एकताका लागि हार्दिकता देखाएको र रास्वपाले पनि त्यही अनुसार हार्दिकता दिनेमा उनले अपेक्षा राखिन् । कार्यक्रममा बास्कोटाले आफूले संस्थापक थापाको फोटो नबेचेको जिकिर गर्दै उनकै सपना साकार बनाउन एकता प्रक्रियामा मिसिएको प्रष्टीकरण दिइन् ।
‘विकेकशील साझामा सधैं संक्रमण भयो । यसलाई खरानी बनाइयो । खरानीबाट उठेर उठ्न पनि आउँछ । मैले उज्ज्वलजीको फोटो बेचेको छैन । म निकै तनावमा थिएँ । उहाँकी धर्मपत्नीलाई सोधेँ । उहाँ भएको भएपनि यही गर्नुहुन्थ्यो भनेपछि म खुसी भएँ’, उनले भनिन् ।
उनले कुनै सर्त नराखी आफूले रास्वपासँग एकता गरेकाले विवेकशील साझाबाट आएकालाई सक्रियतापूर्वक काम गर्न निर्देशन समेत दिइन् ।
रास्वपाका उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले विवेकशीलका संस्थापक थापासँग निधन हुनुअघि लामो समय सम्पर्कमै रहेको र उनले देखेको सपना सबै मिलेर पूरा गर्ने जिकिर गरे ।
‘प्रजातन्त्रलाई कसरी उन्नत बनाउने ? एक थान चुनावका लागि मात्र लोकतन्त्र हो भन्ने भाष्यबाट मुक्त भएर संवैधानिक उदारवादमा आधारित हुन्छ । कानुनी राज्य, शक्तिको पृथकीकरण, प्रेस स्वतन्त्रताका कुरा छन् । यसमा ध्यान दिएनौँ भने अनुदार प्रजातन्त्र आउँछ भन्नेबारे हाम्रो छलफल भएको रहेछ,’ वाग्लेले भने, ‘दूषित राजनीतिलाई सङ्ल्याउनेबारे २०१९ मा छलफल भएको रहेछ । त्यसकारण उहाँको सपना हामी सबै मिलेर गर्नुपर्छ ।’
नख्खु जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेले एकता प्रक्रियामा आएकालाई मिडिया ट्रायलबाट सचेत रहन र थापाले अगाडि बढाएकै वैकल्पिक राजनीतिलाई अगाडि बढाउने सन्देश पठाएको वाग्लेले जानकारी गराए ।
साविक विवेकशील साझाकी महासचिव समेत रहेकी रञ्जु दर्शनाले आफू थापाकै आदर्शबाट १७ वर्षकी कलिलो उमेरमै राजनीतिमा लागेको बताइन् । संस्थापक थापाले नाममा होइन, काम गरेर देखाउ भन्नेमा प्रेरणा दिने गरेको स्मरण गरिन् । आफू बिलाउन नभई मिलाउन आएको जिकिर गरिन् ।
_aJeNjtSjTE.jpg)
‘जसको आदर्शले मैले १७ वर्षको कलिलो उमेरमा राजनीति सुरु गरेको थिएँ । उज्ज्वल दाइले नाममा ल्याङल्याङ नगर काम गरेर देखाउन भन्नुहुन्थ्यो । आज हामीले त्यही गरेका छौँ । मिडियाका र एकता नचाहने साथीहरूले तिमीहरू बिलाउन गयौं भनिरहनुभएको थियो । हामी बिलाउन होइन, मिलाउन आएका हौँ । यो सबैले स्पष्टसँग सुन्नुहोला’, उनले भनिन् ।
कार्यक्रममा महासचिव कवीन्द्र बुर्लाकोटीले बाहिर सूचना बाहिरिएको भए एकता नै नहुने बताए ।
‘बाहिर सूचना नचुहिएकाले एकता सम्भव भएको हो । बाहिर सूचना गएको भए यो एकता सम्भव हुने थिएन । एकता भत्काउन खेल्ने थिए । यो एकता मूल्य र मान्यताको एकता हो,’ रञ्जुले भनिन्, ‘यसरी नै अगाडि बढेर जाने हो भने अन्य पार्टीसँग पनि एकता गर्न सक्छौँ ।’ बुर्लाकोटीले संस्थापक थापाकै प्रेरणाबाट आफू राजनीतिमा सक्रिय भएको स्मरण गरे ।
नेता विराजभक्त श्रेष्ठले दुई पार्टीबिचको एकता मात्र नभई वैकल्पिक तेस्रो धारको अध्याय सुरु भएको घोषणा गरे ।
_untWnQDlTS.jpg)
‘आज दुई पार्टीबिचको एकता मात्र होइन, वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भयो । सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मियो भनेर मैले घोषणा गरेँ । देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो । आज यसले सुसंस्कृत तरिकाले पनि तेस्रो ध्रुव देशमा उदायो’, उनले भने । सभामा सहभागीलाई साक्षी राखेर तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउने र सांस्कृतिक, सामाजिक अन्तर्विरोधलाई हल गरेर अगाडि बढ्ने सङ्कल्प पनि उनले गरे ।
सभालाई समापन गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैकल्पिक राजनीतिको अभियान थापाले अगाडि बढाएको स्विकारे । मतदाताले विवेकशील साझालाई पनि अपमान नगरेको उनले स्पष्ट परे ।
‘उज्ज्वलजीले सुरु गरेको वैकल्पिक राजनीतिक अभियान तपाईंहरूले निरन्तर बचाएर राख्नुभयो । मलाई लाग्छ मतदाताले पनि अपमान गरेको जस्तो लाग्दैन । यहाँ मात्र होइन, देश-विदेश सबै ठाउँमा विवेकशील साझाका साथीहरू भेटिनुहुन्थ्यो । सबै जनालाई पार्टीको तर्फबाट स्वागत गर्न चाहन्छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण